सत्ता गठबन्धन हुँडार हाे : ओली

काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई हुँडारको संज्ञा दिएका छन् । शुक्रबार सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले पछिल्लो पटक वामपन्थी आन्दोलन थिति विधिअनुसार नचलेको भन्दै एमाले जनताको पार्टी भएकाले त्यसको प्रतिवाद गरिरहेको बताए ।

‘पछिल्लो पल्ट त वामपन्थी आन्दोलनलाई थिति, विधि नियमअनुसार होइन । अंग्रेजीमा ‘हाइना’ भन्छ । नेपालीमा हुँडार भन्छ, त्यसले मारेर शिकार खाने होइन । ज्यूँदै खान्छ त्यसले, जिउँदै टोक्छ’, ओलीले एमालेलाई सिध्याउँछौ भनेर केही नेताहरूले घोषणा नै गरेको बताए ।

‘नेकपा एमालेलाई चारैतिरबाट जिउँदै टोक्ने कोसिस भयो । खुट्टा भेटे खुट्टै, हात भेटे हातै टोक्याछ, टाउको भेटे टाउकै टोक्याछ’, उनले भने, ‘उद्घोष पनि धेरैले गरे । भित्तामा टास्ने, धुलो बनाउने दिउँसै टर्च बालेर हिँडने र सिध्याउने भने । ’

सम्बोधनको सुरुमै अध्यक्ष ओलीले जसपाका नेता अशोक राईलाई आफ्नो उपाध्यक्ष भएको टिप्पणी गरे । ‘२०४७ साल वैशाख १८ गतेको धरानमा भएको कार्यक्रममा मसहित अशोक राई पनि हुनुहुन्थ्यो । भीम आचार्य र अरु साथीहरू पनि हुन्नुहुन्थ्यो’, अशोक राईतर्फ फर्केर उनले भने, ‘अशोक राई त मेरो उपाध्यक्ष नै हो नि !’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार