गरिमा विकास बैंकले १४.५० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

गरिमा विकास बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाटबाट १४.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले सेयरधनीलाई १३ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

हाल, गरिमा विकास बैंक लिमिटेडले करिव ७१ अर्ब निक्षेप संकलन गरी ६३ अर्र्ब कर्जा प्रवाह गरेको छ भने नेपालभर सातवटै प्रदेशमा रहेका १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर, ५१ एटिएम एवं डिजिटल बैंकिङ्ग मार्फत सरल, सुरक्षित तथा गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार