प्रधानमन्त्री कप क्रिकेटमा आज पुलिस र आर्मी भिड्ने

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्।

यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुने छ ।

शुक्रबार हुने खेलको विजेता टोली फाइनलमा एपीएफ क्लबसँग भिड्नेछ ।

यसअघि बिहीबार भएको पहिलो सेमिफाइनमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो।

उपाधिका लागि शनिबार खेल हुनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार