‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद

काठमाडौं । लोक गायिका बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ । उनीहरुले बिहीबार काठमाडौं जिल्ला अदालतमा पुगी वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् ।

दुवै जनाले सहमतिमा नै सम्बन्धविच्छेद भएको बताएका छन् । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।
जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार