‘नाइँ नभन्नु ल ६’ कहिले हुन्छ रिलिज ?

काठमाडौं । नेपाली कथानाक चलचित्र ‘नाइँ नभन्नु ल ६’ वैशाख १ गते रिलिज हुने भएको छ । उक्त चलचित्र टोलीले वैशाख १ गते फिल्म रिलिज गर्ने औपचारिक निर्णय भइसकेको जनाएको छ ।

निर्देशक तथा निर्माता विकासराज आचार्यका अनुसार एक सातादेखि झापाको विर्तामोडमा छायांकन भइरहेको फिल्म अझै २० दिन फ्लोरमै हुनेछ । आँचल शर्मा, आशिर्वाद बराल, आयुषा तामाङ अहिले विर्तामोडमा फिल्मको सेटमा छन् ।

चुनावको लागि तीन दिन छायांकन रोकिने जानकारी निर्देशक आचार्यले दिए । विर्तामोडबाट फर्किएर बाँकी छायांकन काठमाडौंमा गर्ने योजना छ ।

निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले पटकथा लेखनमा सहकार्य गरेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार