माल्टामा ज्यान गुमाएकी ढुंगेलको शव नेपाल पठाइयो

माल्टा – माल्टामा ज्यान गुमाएकी इलाम सुर्योदयकी बिनिता ढुंगेलको शव आज नेपाल पठाइएको छ। एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालको विशेष पहलमा ढुंगेलको शव परिवारलाई पठाइएको हो। अर्यालको नेतृत्वमा एनआरएनएको सिंगो टिम नै ढुंगेलको शव नेपाल फर्काउने प्रक्रियामा सक्रिय थियो।

माल्टा पुगेपनि काम नथाल्दै मृत्यु भएकाले ढुंगेलको शव नेपाल फर्काउन आर्थिक र अन्य कानुनी समस्या परेको थियो। तर एनआरएनए अध्यक्ष अर्यालको नेतृत्वमा माल्टामा रहेका नेपालीहरुसँग आर्थिक सहयोग संकलन गरेर शव पठाइएको हो।

यस्तै माल्टाको कानुनी व्यवधान समाधानका लागि पनि आवश्यक पहल गरिएको थियो । कुटनीतिक पहल मार्फत् शव फिर्ता पठाउन सफल भएको जनाउँदै अध्यक्ष अर्यालले ढुंगेलको परिवारले नै अन्तिम संस्कार गर्न पाउनु दुखद् घटनाबीच पनि सकारात्मक भएको बताए।

४५ दिन अघि रोजगारीका लागि माल्टा पुगेकी ढुंगेल पुगेको भोलिपल्टदेखि नै डेंगुको उपचारका लागि अस्पताल भर्ना हुनपरेको थियो। एनआरएनए माल्टाकै पहलमा ढुंगेलको उपचार भएको थियो।

ढुंगेल काम गर्नका लागेको कम्पनीले पनि आवश्यक सहयोगको प्रतिवद्धता जनाएको थियो।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार