आगोले जलेर घाइते भएका बालकको मृत्यु

तनहुँ – तनहुँको भिमाद नगरपालिका–७ अर्चलेमा आगोले जलेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीय सुभाष थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरको भान्साकोठामा आगो ताप्ने क्रममा गत कात्तिक २१ गते जलेर घाइते भएका भएका थिए। थापाको उपचारका क्रममा पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार