के फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जित्छ ?

काठमाडौँ – विश्व प्रसिद्ध भिडियो गेम फिफा २३ ले फिफा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान लगाएको छ । यसअघि सन् यसअघि सन् २०१०, २०१४ र २०१८ मा पनि इएको फिफा खेलले गरेको अनुमान सही साबित भएको थियो ।

सन् २०१० मा स्पेनले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकप जितेको थियो । त्यस्तै सन् २०१४ मा जर्मनीले विश्वकप जित्ने अनुमान सहि साबित हुँदा २०१८ मा फ्रान्सले विश्वकप जित्ने सहि साबित भएको थियो ।

फिफाले प्रतियोगिताको समूह विभाजन अनुसार नै गरेको सिमुलेसनबाट फाइनल अर्जेन्टिनाले जित्ने नतिजा निस्किएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार