टि२० विश्वकप : न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान फाइनलमा

ओपनर तथा कप्तान बाबर आजम र विकेटकिपर मोहम्मद रिजवानको उत्कृष्ट प्रदर्शनमा पाकिस्तान आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । सिड्नी क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानको जितमा आजम र रिजवानले १०५ रनको उत्कृष्ट साझेदारी गरे । आजमले ४७ बलमा ७ चौकाको मद्धतमा ५२ रनको योगदान गरे भने रिजवान ४३ बलमा ५ चौका प्रहार गर्दै ५७ रन बनाए ।

यस्तै, मोहम्मद हरिसले ३० रन, शान मसूदले ३ रन र इफ्तिखार अहमदले रन जाेडे । न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले दुई विकेट र मिचेल सेन्टनरले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले २० ओभरमा ४ विकेट १५२ गुमाउँदै रन बनाएको थियो ।

न्युजिल्यान्डका डर्याल मिचेल ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५३ रनमा अविजित रहे । कप्तान केन विलियम्सनले ४२ बलमा १ चौका र १ छक्कासहित ४६ रन बनाए । जेम्श निसम १२ बलमा १ चौकासहित १६ रनमा अविजित रहे ।

डेभोन कोन्वेले २१ रन बनाउँदा ग्लेन फिलिप्सले ६ र फिन एलनले ४ रन जोडे । पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ विकेट लिए । मोहमद नवाजको नाममा एक विकेट रह्यो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार