प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ घाइते

प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु१ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए ।

मृत्यु हुनेमा ४६ वर्षीय खुमन थापा, ४३ वर्षीया बच्ची थापा जुनकी र ५२ वर्षीया मैमा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए ।

जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका–५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीया गोरी घर्ती, १९ वर्षीया बिरी कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीया नखी महरा, ४७ वर्षीया गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन् । चालक प्युठान नगरपालिका– ९ का २३ वर्षीय बिनोद के।एम। सामान्य घाइते रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार