एमाले स्थायी कमिटी बैठक स्थगित

नेकपा (एमाले) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।  आज अपरान्ह ५ बजे बालुवाटारमा बोलाइएको बैठक सोमबार बिहान १० बजेसम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्री ओलीको व्यस्तताका कारण बैठक स्थगित भएको हो । बैठकमा पार्टीको विवाद समाधान, स्पष्टीकरण सोधिएका १२ नेतालाई कारबाहीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका १२ जना सांसदलाई पार्टीबाट निष्कासनको निर्णय गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार