प्रतिनिधिसभा विघटन मुद्दामा बहस जारी

प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार पनि बहसलाई निरन्तरता दिइएको छ । अहिले अधिवक्ता गोविन्द बन्दीले बहस गरिरहेका छन् ।

पहिलो दिन शुक्रबारको बहसमा बन्दीलगायतका कानून व्यवसायीले नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो । बन्दीले बमकुमार श्रेष्ठले इजलास छाड्दा अदालतको मान बढ्ने भन्दै कुरा उठाएपछि प्रधानन्यायाधीशले न्यायाधीशले गरेका फैसलाका आधारमा यस्ता कुरा उठ्ने हो भने कोही पनि बाँकी नरहने बताएका थिए ।

न्यायाधीश श्रेष्ठ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने २३ फागुनको फैसला गर्ने दुई न्यायाधीशमध्ये एक हुन् ।

शुक्रबार पहिलो दिनको सुनुवाइको बेलामै अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश श्रेष्ठले इजलास छोड्नुपर्ने आवाज उठाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार