चक्कु प्रहार गरी किशोरको हत्या गरेको आरोपमा पाँच जना पक्राउ

मोरङको उर्लाबारीमा चलेको छठ मेलामा चक्कु प्रहार गरी किशोरको हत्या गरेको अभियोगमा ५ जना पक्राउन परेका छन्। आइतबार राति साढे १० बजेतिर झापाको दमक नगरपालिका १० आमबाडीका १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको थियो।

मोरङ उर्लाबारी नगरपालिका ७ स्थित मौवा खोलामा छैठ मेलामा छुरा प्रहार गरी घाइते बनाएका थिए। श्रेष्ठको झापाको बी एण्ड सी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो।

सोही घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरु मध्ये तीन जना १७ वर्षका र २ जना १६ वर्षका छन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार