विकास अहिलेको आवश्यकता हो : रामचन्द्र पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।

तनहुँको देवघाट गाउँपालिका–४ सिन्च्याङगढी, गाईघाट, मोहोरियामा आज आयोजित मतदाता भेटघाटका क्रममा वरिष्ठ नेता पौडेलले विकास अहिलेको मुख्य प्राथमिकता रहेकाले राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्ने बताए ।

“जनतालाई अहिले चाहिएको विकास हो, हामी विकासका लागि प्रतिबद्ध छौँ”, वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पौडेलले भने, “देशमा राजनीतिक क्रान्ति सफल भइसकेकाले अबको मुख्य एजेण्डा विकास हो ।”

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार