किशोरीको बयान : प्रतिरोध गर्दा सन्दीपले कुटपिट गरे

काठमाडौं । काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीपलामेछानेविरुद्ध जबर्जस्ती करणीको अभियोगमा मुद्धा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दताए गरेको हो ।

सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले सोमबार काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणीको अभियोगपत्र दायर गरिएको जानकारी दिए ।

यता किटानी जाहेरी दिने नाबालिकाले प्रतिरोध गर्दा आफूमाथि कुटपिट भएको बयान दिएकी छन् । अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयान अनुसार उनले दोस्रो पटक जबरजस्ती करणी गर्दा आफूलाई ‘ढाडमा जोडले हानेको’ भनेकी छन् ।

होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा बसेका बेला निकै थाकेकाले कुर्सीमा नै आफू अर्धनिन्द्रामा परेको उनको बयान छ ।

होटल नजिक पुग्दा सन्दीपले मास्क छ कि छैन भनेर सोधेको उनको भनाइ छ । ‘मैले आफूसँग मास्क छैन भनेपछि सन्दीपले जसरी पनि मास्क लगाउन भनी आफूले लगाएको मास्क खोलेर दिएका थिए’, उनले भनेकी छन्, ‘मास्क दिएपछि होटलका सहयोगी अनिशल भन्ने व्यक्तिसँग रुमको चाबी लिएर जाउ भनेर मलाई गाडीबाट ओरालेर आफू पार्क गर्न गएका थिए ।’

त्यसपछि सहयोगीले चाबी दिएर ४०७ नम्बर कोठामा जानु भनेकामा आफू जाँदा एसी नचलेपछि सन्दीपले अर्को कोठामा सारेको उनको बयान छ । सन्दीपले त्यस रात दुईपटक जबरजस्ती करणी गरेको बयान दिएकी छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार