सन्दीपको बयान : किशोरीले नै जबरजस्ती नगरकोट जाउँ भनेकी थिइन्

काठमाडौं । काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीपलामेछानेविरुद्ध जबर्जस्ती करणीको अभियोगमा मुद्धा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दताए गरेको हो ।

सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले सोमबार काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणीको अभियोगपत्र दायर गरिएको जानकारी दिए ।

यता बलात्कार आरोपी सन्दीप लामिछानेले उजुरीकर्ता किशोरीले नै कर गरेपछि आफू नगरकोट भएको बयान दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयानमा लामिछानेले ती किशोरीले ‘आफू दयनीय स्थितिमा रहेको’ भन्दै भेट्न कर गरेको बताएका छन् ।

लामिछानेले नाबालक युवतीलाई जबर्जस्ती करणी गरेको आरोप गत भदौमा लागेको थियो । उनीविरुद्ध भदौ २१ गते १७ वर्षीया एक नाबालिग किशोरीले जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार