कुमारी बैंकका मुद्दति निक्षेपका ग्राहकले एक करोडको बीमा सुविधा पाउने

कुमारी बैंकले आफ्नो बैंकमा मुद्दति निक्षेप खाता खोल्ने ग्राहकहरुले अब एक करोड रुपैयाँको बीमा सुविधा पाउने भएका छन् । महालक्ष्मी लाइफ इन्स्योरेन्सँगको सहकार्यमा बैंकले नयाँ योजना ल्याएको हो । नयाँ योजनामा ग्राहकहरुको तीव्र आकर्षण बढेको छ । नयाँ योजना अनुसार बैंकका ग्राहकहरुको बीमा शुल्क बैंक आफैले भुक्तानी गर्नेछ भने ग्राहकहरुले निःशुल्क रुपमा बीमा सुविधा पाउनेछन् ।

कुमारी बैंकले आजदेखि जीवन बीमा मुद्दति खाता सञ्चालनमा ल्याएको छ । सो योजना अनुसार न्यूनतम डबल र अधिकतम् १० गुणासम्म फिर्ता पाउनेछन् । बैंकले न्यूनतम ५० हजार रुपैयाँबाट सुरु गर्न सकिने जनाएको छ । बैंकले १८ वर्षदेखि ५० वर्ष उमेर समुहका व्यक्तिहरुका लागि कुमारी जीवन बीमा मुद्दति खाता सञ्चालनमा ल्याएको हो । यस योजनामा ग्राहकले १० गुणासम्म प्रतिफल पाउनेछन् भने कुनै कारणवस मृत्यु भएमा एक करोड रुपैयाँको टर्म बीमा पोलिसीद्धारा रक्षावरण गरिएको छ ।

बैंकले ग्राहकले निःशुल्क पाउने, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमा शुल्क पाउने र बैंक आफैले ग्राहकको सामूहिक बीमा शुल्क व्यहोर्ने गरी सम्झौता मार्फत नयाँ सेवा सुरु गरिएको महालक्ष्मी लाइफले जनाएको छ । कुमारी बैंकसँग सहकार्य गरेको महालक्ष्मी लाइफले ग्राहकले शुल्क तिर्नु नपर्ने गरी निःशुल्क गरिएको तर बैंक आफैले शुल्क भुक्तानी गर्ने र महालक्ष्मी लाइफले बीमा शुल्क भुक्तानी पाउने गरी सम्झौता गरेर नयाँ योजना सुरु गरिएको महालक्ष्मी लाइफका एक अधिकारीले बीमापोष्टलाई जानकारी दिए ।

कुमारी बैंकमा उक्त योजनामा मुद्दति निक्षेप खाता खोल्ने प्राकतिक व्यक्तिले एकातिर बचतको दश गुणासम्म प्रतिफल पाउँछ भने अर्कोतर्फ भैपरि आएको अवस्थामा बीमा गरिएकोले एक करोड रुपैयाँको मृत्यु दावी भुक्तानी समेतको व्यवस्था रहेको छ । नेपाली बैंकिङ र बीमा क्षेत्रको संयुक्त सहकार्यमा सुरु गरिएको सम्भवतः नेपालकै पहिलो बम्पर स्कीम हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार