माओावदीको प्रतिवद्धता : पाँच वर्षमा गरिबीको दर कम्तीमा आधा घटाउने (पूर्णपाठ)

काठमाडौं – नेकपा माओवादी केन्द्रले आगामी पाँच वर्षमा गरिबी कम्तीमा आधाले घटाउने प्रतिवद्धता जनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धतापत्र–२०७९ सार्वजनिक गर्दै माओवादीले गरिबीको रेखामुनि रहेका सबै नागरिकलाई चुनावको एक वर्षभित्र ‘राज्य सुरक्षा कार्ड’ वितरण गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

माओवादीले ‘राज्य सुरक्षा कार्ड’ प्राप्त गरेका घरपरिवारलाई आधारभूत स्वास्थ्य र शिक्षा निःशुल्क तथा अत्यावश्यकीय वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराइने घोषणा गरेको छ ।

स्थानीय तहसँगको समन्वयमा वन, नदी, ताल र नदीको तटीय क्षेत्र साथै अन्य सार्वजनिक बाँझो जमिनमा कृषि तथा पशुपन्छीपालन व्यवसाय सञ्चालन गर्न विपन्न घरपरिवालाई दश वर्षसम्मको लागि निश्चित परिमाणको जमिन करार गरी उपयोग गर्न दिने माओवादीको प्रतिबद्धता छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार