आज पनि निगमले रोक्यो दिल्लीका दुई उडान

काठमाडौँ — नेपाल वायुसेवा निगमले दिल्लीका लागि सोमबार बिहान ‘राखेका’ दुइटा उडान रद्द गरेको छ । निगमले सोमबार बिहानको नियमित र दिउँसोका लागि राखेको चार्टर गरी दुइटा दिल्ली उडान रद्द गरेको हो ।

निगमको वाणिज्य विभागले मातहतका विभागीय प्रमुख, उपप्रमुख तथा उडानसँग सम्बन्धित इकाईहरुलाई अहिले बिहान को आरए२०५.२०६ काठमाडौं–दिल्ली–काठमाडौं र आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकेको आरए२१७.२१८ काठमाडौं–दिल्ली–काठमाडौंको उडानका यात्रुहरुका लागि सोमबार तय गरेको चार्टर उडान पनि रद्द भएको जानकारी गराएको छ ।

आफ्ना मातहतका कर्मचारीलाई वाणिज्य विभागले यी दुई उडान रद्द गर्नुको कारण ‘अपरेसनल’ भनेको छ ।त्यस्तै आइतबार काठमाडौंमा अलपत्र परेका यात्रुहरुका लागि तय गरेको चार्टर उडानको अनुमति नपाइएपछि निगमले उक्त उडान पनि नगर्ने इमेल कर्मचारीहरुलाई गरेको एक अधिकारीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार