प्रधानमन्त्री देउवाद्वारा गुजरात घटनाप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कयौंको ज्यान जानेगरी भारतको गुजरातस्थित मोरबी नदीको पुल भत्किएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

‘गुजरातको मोरबीमा पुल भत्किएको घटनाप्रति म दुःखी छु । पुल भत्किदा भएको जीवनको क्षतिप्रति हामी भारत सरकार र जनाप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । हाम्रो साथ शोक सन्तप्त परिवारसँग छ,’ प्रधानमन्त्री देउवाले भनेका छन् ।

आइतबार मोरबीमा माच्छु नदीमा रहेको पुल भत्किदा १४१ जनाको मृत्यु भएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार