निर्वाचन आचारसंहिता उल्लंघन गर्नेको सम्पूर्ण विवरण सार्वजनिक गरिने

काठमाडौँ – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने व्यक्ति तथा संस्थाको सम्पूर्ण विवरण सार्वजनिक गर्ने भएको छ ।

आचारसंहिता उल्लंघनमा धमाधम स्पष्टीरकण सोधिरहेको आयोगले अब व्यक्तिको विवरण सार्वजनिक रूपमा बाहिर ल्याउने नीति लिएको हो ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आयोगले १२ असोजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लंघनका घटना बढिरहेका वेला आयोगले उल्लंघनकर्ताको नाम सार्वजनिक गर्ने निर्णय गरेको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार