छठ हेर्न गएका किशोरको छुरा प्रहार गरी हत्या

विराटनगर – छठ हेर्न गएका एक किशोरको छुरा प्रहारबाट मृत्यु भएको छ।गएराति उर्लाबारीस्थित मावा खोलामा छठ पर्व हेर्न गएका झापाको दमक नगरपालिका १० का १४ वर्षीय डियुज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

छुरा प्रहारबाट घाइते भएका डियुजको उर्लाबारीस्थित गोदावरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो। उनीमाथि राति करिब १०ः३० बजेतिर छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए।

अस्पताल पुर्‍याएपछि मात्र प्रहरीले थाहा पाएको उनले बताए। ​छुरा प्रहार गर्नेको पहिचान भइनसकेको डीएएपी श्रेष्ठले बताए।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार