छठ पुजा गर्न राष्ट्रपति भण्डारी गौरीघाटमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी छठ पर्वको अवसरमा आइतबार काठमाडौंको गौरीघाटमा पुगेकी छिन् । राष्ट्रपति भण्डारी छठका लागि सिंगारिएको काठमाडौंको गुहेश्वरी–गौरीघाटको अवलोकनको लागि सहभागी भएकी हुन् ।

भण्डारीले आज अस्ताउँदो सूर्यलाई पूजा गरी आराधना गरी अर्घ दिने कार्यक्रमसमेत रहेको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सुर्यदेवको आराधना, उपासना र पुजाको यो पर्व शनिबारदेखि सरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार