दार्चुला घटना : नेपालले पठायो भारतलाई कूटनीतिक नोट

'पीडितलाई उचित राहत र क्षतिपूर्ति दिलाउन आग्रह'

काठमाडौँ — महाकाली नदीपारि तावाघाट–लिपुलेक सडकमा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनालाई लिएर नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

गृह मन्त्रालयबाट कूटनीतिक नोट पठाउनका लागि परराष्ट्रलाई शनिबार नै पत्र पठाए पनि घटनाको विस्तृत रिपोर्ट नआएका कारण आइतबार कूटनीतिक नोट पठाइएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत परराष्ट्र मन्त्रालयले आइतबार भारतलाई कूटनीतिक नोट पठाएको हो । नोटमा पीडितलाई उचित राहत र क्षतिपूर्ति दिलाउनका लागि आग्रह गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार