केपी ओलीसँग नैतिकता नै छैन : घनश्याम भुसाल

काठमाडौं – नेकपा (एमाले)का पूर्व उपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन्। नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनस्र्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाई थियो।

आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसको विरूद्धमा आन्दोलन गर्नु परेको जिकिर समेत गरे।

सत्तारूढ गठबन्धनको साथ लिएर रूपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधान माथिनै आक्रमण गरेपछि आफूहरूले विरोध गर्नु परेको उल्लेख गरे।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार