दिल्लीको वायु गुणस्तर ‘अति खराब’

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीको वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० ३५० पुगेको छ । वायुको गुणस्तर मापन तथा मौसम पूर्वानुमान र अनुसन्धान प्रणालीसम्बन्धी काम गर्ने संस्था ‘सफर’ ले आइतबार बिहान रेकर्ड गरिएको दिल्लीको वायु गुणस्तर ‘अति खराब’ श्रेणीमा रहेको जनाएको छ ।

संस्थाका अनुसार समग्र दिल्ली क्षेत्रको एक्यूआई ३५० अर्थात् ‘अति खराब’ श्रेणीमा रहेको छ । दिल्ली विश्वविद्यालय क्षेत्र र पुसामा एक्यूआई क्रमशः ३७२ र ३४३ रहेको छ । नयाँ दिल्लीको वायुको गुणस्तरमा आएको गिरावटका कारण खासगरी इन्डिया गेट नजिकै काम गर्ने, साइकल यात्री र शारीरिक व्यायामका लागि बिहानमा पैदल यात्रा गर्ने व्यक्तिहरू प्रभावित भएका छन् ।

शनिवार साँझ राष्ट्रिय राजधानीको कतिपय क्षेत्रको एक्यूआई सूचकाङ्क ‘गम्भीर’ श्रेणीमा झरेको छ । जाडोयाममा पञ्जाब, उत्तर प्रदेश, हरियाणा र राजस्थानमा न्यानोका लागि पराल जलाउँदा राष्ट्रिय राजधानीको वायुको गुणस्तर पनि प्रभावित हुने गरेको छ ।

यसैबीच, एनसीआर र आसपासका क्षेत्रहरूमा वायु गुणस्तर व्यवस्थापनको लागि आयोगले दिल्लीमा खराब वायु गुणस्तरलाई ध्यानमा राख्दै यसको निर्देशनहरूको कार्यान्वयन र अनुपालन सुनिश्चित गर्न आफ्नो प्रयासहरू तीव्र पारेको छ ।

आयोगले राजस्थानमा कोइलामा आधारित ४५ वटा औद्योगिक इकाइलाई बन्द गर्न निर्देशन दिएको छ । यसबाहेक, हरियाणामा ९ र यूपीमा २३ गरी ३२ कोइलामा आधारित इकाइहरू स्थायी रूपमा बन्द गरिएको छ । हरियाणामा आठ र उत्तर प्रदेशमा ४० वटा गरी ४८ वटा इकाइले अस्थायी रूपमा आफ्नो सञ्चालन स्थगन गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार