राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न गोरखा आए : प्रचण्ड

'गणतन्त्रको भविष्य संकटमा पार्ने तत्वहरु सक्रिय भएको आरोप'

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न गोरखाबाट उम्मेदवारी दिएको बताएका छन्। गोरखाको भच्चेकमा घरदैलो कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

देशमा राजनीतिक परिवर्तन र क्रान्ति धेरै भएपनि जनताको जीवनस्तरमा परिवर्नन नभएको उनले स्विकार गरे। उनले भने, ‘गोरखामा म एउटा निश्चित सपना बोकेर आएको छु। राजनीतिक परिवर्तनर र क्रन्ति धेरै भए, तर जनताको जीवनमा परिवर्तन, सुशासन र विकासले गति लिएर जनतालाई यो परिवर्तनको औचित्य लिएर, सिद्ध गर्ने कुरा भनेजस्तो गरी भएनछ।’

सुशासन र विकासको सपना बोकेर राजनीतिक परिवर्तनको औचित्य सिद्ध गर्न र सो परिवर्तनलाई अझै परिमार्जन गरी विकसित गर्र्न आफू गोरखा आएको उनले दोहो¥याए। गोरखामा सत्तागठबन्धनका दलभित्र दरिलो एकता रहेको बताउँदै उनले सामूहिक प्रयत्नले आफ्नो सपनालाई साकार बनाउन सकिने दाबी गरे।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार