लमजुङ कारागारमा एक कैदीको मृत्यु

लमजुङ – जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ ।शनिबार राति २ बजे कारागारमा बेहोस भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला कारागार लमजुङका जेलर ताराबहादुर तामाङले बताए ।

मृत्यु हुनेमा जिल्लाको दुधपोखरी गाउँपालिका १ का वर्ष अन्दाजी ३६ वर्षीय रोहनराज धिताल रहेका छन्।०७८ वैशाख १२ गते आपराधिक उपद्रव मुद्दामा पक्राउ परेका धिताललाई जिल्ला अदालत लमजुङले २०८० वैशाख १२ गतेसम्म २ वर्ष कैद फैसला गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार