भारतले चिनी निकासीको प्रतिबन्ध २०२३ अक्टोबरसम्म लम्ब्यायो

भारत सरकारले चिनी निकासीमा लगाएको प्रतिबन्ध २०२३ अक्टोबारसम्म लम्ब्याएको छ । घरेलु बजारमा चिनीको बढ्दो मूल्यलाई ध्यानमा राख्दै १ जुन २०२२ देखि ३१ अक्टोबर २०२२ सम्म चिनीको निर्यातमा प्रतिबन्ध लगाइएको थियो । चिनीको कीर्तिमानी निकासीपछि मूल्य वृद्धि भएको हो । भारत विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक र ब्राजिलपछि दोस्रो ठूलो निर्यातकर्ता हो। बंगलादेश, इन्डोनेसिया, मलेसिया र दुबई भारतीय चिनीको सबैभन्दा ठूलो खरिदकर्ता हुन्।

गत वर्ष मुलुकबाट ठूलो परिमाणमा चिनी निर्यात भएको थियो । गत वर्ष ६० लाख मेट्रिक टन (लाख मेट्रिक टन ( चिनी निकासी गर्ने लक्ष्य राखिए पनि यथार्थमा ७० लाख मेट्रिक टन चिनी निकासी भएको थियो । त्यस्तै यस वर्ष पनि चिनी मिलबाट ८२ लाख टन चिनी निर्यात भएको थियो । यो वर्ष चिनी निकासी अहिलेसम्मकै उच्च भएको अनुमान गरिएको छ ।

चिनी निकासीमा प्रतिबन्ध लगाउने सरकारको योजना अत्याधिक सावधानी अपनाएको देखिन्छ । चिनीको स्वदेशी आपूर्ति प्रचुर मात्रामा भएकाले यस्तो भएको हो । भारतीय चिनी मिल संघका अनुसार यो सिजन भारतमा ३ करोड ५० लाख टन उत्पादन हुने र २ करोड ७० लाख टन खपत हुने अनुमान छ । गत सिजनको करिब ८२ लाख टनको सञ्चिति सहित १६ करोड बचत छ ।

गहुँको बढ्दो मूल्यलाई ध्यानमा राख्दै भारतले गत मे महिनामा गहुँको निर्यातमा प्रतिबन्ध लगाएको थियो । बढ्दो आन्तरिक मूल्यलाई नियन्त्रण गर्ने उपायका रूपमा भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार