मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस बुलिङटारमा दुर्घटना, ५ जनाको मृत्यु

मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्व नवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी घाइते भएका २३ जना उद्धार गरिएको छ। प्रहरी चौकी बुलिङटारका अनुसार दुर्घटनामा पाँच जनाको शव भेटिएको र अन्यको खोजी भइरहेको छ।

बस सडकबाट झण्डै एकसय मिटर तल खसेको प्रहरीले बताएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार