साफ यू-१५ : नेपाली टोली आज बंगलादेश जाँदै

काठमाडौँ – साफ यू(१५ महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली आज (शनिबार) बंगलादेश जाँदैछ।बंगलादेश जाने टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद  र अखिल नेपाल फुटबल संघले बिदाइ गरेको छ।

राखेपका सदस्य सचिव टंक लाल घिसिङ र एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।बंगलादेशमा आयोजना गरिएको १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ।

प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले प्रतियोगिता सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरिसकेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार