अमेरिकी सभामुख पेलोसीका श्रीमानमाथि आक्रमण

काठमाडौँ – अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण भएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सन फ्रान्सिस्को सहरमा रहेको पेलोसी निवासमा न्यान्सीका श्रीमान पउल पेलोसीमाथि आक्रमण भएको अमेरिकी टेलिभिजन सीएनएनको अनलाइन संस्करणले जनाएको छ ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा सभामुख रहेकी पेलोसी भने आक्रमणका बेला आफ्नो घरमा नरहेको उनका प्रवक्ता ड्रु ह्यामिल्टनले जनाएका छन् । अमेरिकामा आगामी मध्यावधि चुनाव नजिकिएसँगै सभामुखका श्रीमानमाथि आक्रमण भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार