कारागारभित्रै पल शाहले मनाए तिहार

काठमाडौं । अभिनेता पल शाहलाई तनहुँ कारागारभित्रै बहिनी रोशनीले भाइटीका लगाइदिएकी छन् । बिहीबार रोशनी फूलमाला, मिठाइ, भाइमसलालगायत टीकाका सामग्री लिएर रोशनी दाजु पललाई टीका लगाइदिन कारागारमा पुगेकी थिइन् ।

तनहुँ कारागार प्रमुख नारायण अधिकारीले अनलाइनखबरलाई दिएको जानकारीअनुसार पलसहित ८० जना बन्दीले भाइटीका लगाएका थिए ।

पल निकट संगीतकर्मी योगेशकाजी र सहयोगी जुरी ठाकुरले रोशनीले कारागारमै पुगेर पललाई भाइटीका लगाइदिएको बताए ।

यसपटकको दशैंमा पनि रोशनीले पलको दशैंटीकाको टिकटक भिडियो सेयर गरेकी थिइन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार