प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन् ।

भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको गत जेठमा निधन भएको थिए । प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका आफूले पनि लगाएका थिएनन् र अरुलाई पनि लगाइ दिएनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार