याङग्री र लार्केखोलाबाट राजधानीमा थप ३४ करोड लिटर पानी ल्याइने

मेलम्ची खानेपानीको दोस्रो चरणको याङग्री र लार्केखोलाबाट गरी थप ३४ करोड लिटर पानी राजधानीमा ल्याइने भएको छ । यसका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षदेखि सुरु भई आगामी ३ वर्षमा सम्पन्न हुने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । आगामी वर्षदेखि सुरुङ निर्माण सुरु हुने भएको छ । योसमेत गरी राजधानीमा ५१ करोड लिटर पानी आपूर्ति हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार