काँग्रेस कार्यकर्तालाई माधवको आग्रह- ‘रुखबाहेक अरुमा भोट हाल्दैन नभन्नु’

'गठबन्धन देशको विकासमा लागि बनेकाे दाबी'

धनगढी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा रहेका दलका कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मात्रै मत दिनुपर्ने बताएका छन्। उनले धनगढीमा सत्ता गठबन्धनको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

‘म काँग्रेसको हुँ भनेर रुखबाहेक अरुमा भोट हाल्दैन भनेर हुँदैन,’ उनले भने, ‘म माओवादीको, म समाजवादीको हुँ भनेर आफ्ना चुनाव चिन्हमा मात्रै भोट हाल्छु भन्ने कुरा हुँदैन।’ गठबन्धन देशको विकासमा लागि बनेकाले गठबन्धनले जित्नुपर्ने उनले बताए। यस्तै, सुदूरपश्चिममा गठबन्धन सफल बनाउनुपर्ने उनको भनाइ छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार