पिलुवा खोलाले बगाउँदा हाइड्रोपावरका कर्मचारीको मृत्यु

सङ्खुवासभामा पिलुवा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । पिलुवा खोलाले बगाउँदा अरुण भ्याली हाइड्रोपावरका कर्मचारीको मृत्यु भएको छ । मादी नगरपालिका–५ मूलपानीका ३० वर्षीय महेश दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

हाइड्रोपावरका कर्मचारी दाहाललाई शुक्रबार अपराह्न ३ः०० बजे खोला तर्ने क्रममा पिलुवा खोलाले बगाएर बेपत्ता बनाएको प्रहरी निरीक्षक खतिवडाले बताए । दाहालको शव आज बिहान ७ः०० बजे घटनास्थलभन्दा एक किलोमिटर तल चैनपुर–७ मा फेला परको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार