सुदूरपश्चिम एमाले संसदीय दलका प्रमुख सचेतक परिवर्तन

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच रस्साकस्सी चलिरहेका बेला दलको सुदूरपश्चिम संसदीय दलले प्रमुख सचेतक फेरबदल गरेको छ । दलका नेता प्रकाश शाहले प्रमुख सचेतकबाट तारा लामा तामाङलाई हटाएर लालबहादुर खड्कालाई नयाँ जिम्मेवारी दिएका छन् ।

दलका नेता शाहले सभामुखलाई पत्राचार गर्दै यसअघि जिम्मेवारीमा रहेका तामाङलाई अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले पदबाट मुक्त गरिएको उल्लेख गरेका छन् । उनको ठाउँमा कञ्चनपुरकै खड्कालाई प्रमुख सचेतक नियुक्त गरिएको पत्रमा उल्लेख छ । त्यस्तै सचेतक पदमा दुर्गा कुमारी कामीलाई नियुक्त गरिएको छ । सचेतक पद यसअघि रिक्त थियो ।

बिहीबार बसेको संसदीय दलको बैठकले नियुक्तिको सबै अधिकार दलका नेता शाहलाई दिएको थियो । आन्तरिक मामिला ताथ कानुन मन्त्रीसमेत रहेका शाह वरिष्ठ नेता नेपाल पक्षधर हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार