कुमारी बैंकको सयगुणासम्म रकम वृद्धि योजनामा सहभागी हुन अब केही दिनमात्र बाँकी

कुमारी बैङ्क लिमिटेडले ल्याएको विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना केही दिन मात्र बाँकी रहेको छ ।  बैङ्कले प्रारम्भिक बीज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने मुद्दती योजना गत असोज १ गतेदेखि लागु हुने गरि ल्याएको थियो ।

यस आवर्ती (रिकरिङ) योजना अन्तर्गत, प्रारम्भिक बीज रकमको १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ । व्यक्तिगत पुँजी निर्माण गर्न रिकरिङ्ग निक्षेप सबै भन्दा राम्रो विकल्पको रूपमा मानिन्छ ।

कुमारी बैङ्क लिमिटेडले विश्वव्यापी रूपमा प्रचलनमा रहेको एस आई पी  अवधारणामा सो योजना नेपाली आम निक्षेपकर्ता माझ ल्याएको हो ।  नेपालको वित्तीय क्षेत्रमा यस प्रकारको योजना ल्याउने कुमारी बैङ्क पहिलो बैङ्क रहेको छ । यस योजनाबाट न्यून देखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैङ्क विश्वस्त रहेको छ ।

सम्भवतः, यस दशक कै अधिकतम ब्याजदर, तथा छोटो अवधिमा निक्षेप रकम ५,१०, १५, ५०,१०० गुणा वृद्धि गर्ने मौका कुमारी बैङ्कको यस खाता ले प्रदान गर्दै आएको छ । ग्राहकहरूले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युतम दस हजार देखि पच्चीस लाख सम्म प्रारम्भिक बीज रकम जम्मा गरि निम्न अनुसारको धनबृद्धि लक्ष्य प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।

हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएकोे छ ।

अवधि  धनबृद्धि
२ वर्ष ८ महिना ३ दिनमा

बिज रकम :

बिज रकमको १० ५ मासिक

५ गुणा
५ वर्ष १ महिना ११ दिनमा १० गुणा
७ वर्ष ०५ दिनमा १५ गुणा
८ बर्ष ६ महिना २७ दिनमा २० गुणा
१४ वर्ष ६ महिना १७ दिनमा ५० गुणा
१९ बर्ष ९ महिना १६ दिनमा १०० गुणा
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार