स्थानीय तहका कार्यपालिकाका पदाधिकारीले चुनावी प्रचारप्रसार गर्न नपाउने

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहका कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा कारबाही हुने जनाएको छ ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बुधवार विज्ञप्ति जारी गर्दै स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने जनाएका हुन् ।

आयोगका अनुसार आफू निर्वाचित भएका स्थानीय तह बाहेकको अन्य स्थानीय तहमा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोतको प्रयोग नगरी आचारसंहिता प्रतिकुल नहुने गरी संलग्न हुन सकिने छ ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार