थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४३ जनाको पीसीआर परीक्षणमा ४५ जना र ९८० जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा कसैको मृत्‍यु भएको छैन ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २२ जना निको भएका छन् । हाल देशभर ५९८ जना सक्रिय संक्रमित रहेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार