पल शाहको पेसी तेस्रो पटक पनि स्थगित

तनहुँ – नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहविरुद्धको सुनुवाइ तेस्रो पटक पनि स्थगित भएको छ । तनहुँ अदालतमा आज बुधवारका लागि तोकिएको पेसी स्थगित भएको हो ।

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको तयारीका कारण शाहविरुद्धको सुनुवाइ स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । यसअघि शाहविरुद्धको सुनुवाइ भदौ १५ गते असोज २ गतेका लागि तोकिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताको पत्रका कारण आजको सुनुवाइ स्थगित भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार