झाँक्रीविरुद्ध बागी दिएका दामोदरको उम्मेदवारी कायमै

काठमाडौँ – गुल्मीमा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता डा दामोदर भुसालले उम्मेदवारी कायमै राखेका छन् ।

उम्मेदवारको मनोनयन फिर्ता लिने अवधिसम्म फिर्ता नलिएकाले भुसालको उम्मेदवारी कायमै रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गुल्मी क्षेत्र २ मा गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई टक्कर दिँदै नेपाली कांग्रेसका डा दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

यस क्षेत्रमा नेपाली कांग्रेसका कार्यकर्ता २८ वर्षदेखि नेपाली कांग्रेसले विजयको स्वाद नपाएकाले आफ्नो उम्मेदवारीले त्यो पूरा गर्ने भुसालले दाबी गरे।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार