पाल्पाबाट गाँजासहित एकजना पक्राउ

पाल्पा – पाल्पामा गाँजासहित एकजना पक्राउ परेका छन्। तानसेन नगरपालिका-३ भगवतीटोलका १८ वर्षीय परिभेष श्रेष्ठ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनको घरमा खानतलासी गर्ने क्रममा १ किलो ३०० ग्राम गाँजा फेला परेको हो। गोप्य सूचनाका आधारमा लुकाइछिपाई राखेको अवस्थामा ठूलो मात्रामा गाँजासहित मंगलबार श्रेष्ठलाई पक्राउ गरिएको थापाले बताए।

ती किशोरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार