पर्सामा ६ जनाले उम्मेदवारी फिर्ता लिए

काठमाडौँ – आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन पर्सामा ६ जनाले उम्मेदवारी फिर्ता दिएका छन् । पर्साका ४ वटा संघीय र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका लागि ६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारी फिर्ता लिनेहरूमा प्रतिनिधिसभा सदस्य तर्फ क्षेत्र नं १ मा शान्तिदेवि खड्का, सोही निर्वाचन क्षेत्रबाट हाम्रो नेपाली पार्टीबाट नन्दकिशोर श्रीवास्तव, पर्सा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाक्य र स्वतन्त्रबाट महोमद कलिम मन्सुरले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी प्रदेशसभा सदस्य तर्फ १(ख) मा आलम देवन फकिर, ३ (क) मा स्वतन्त्रबाट मनोज प्रसाद यादवले उम्मेदवारी फिर्ता लिएका हुन् ।

पर्सामा संघ र प्रदेशसभामा गरेर १६७ जनाको उम्मेदवारी दर्ता भएको थियो जसमा प्रतिनिधि सभा सदस्य तर्फ ११० जना र प्रदेशसभा सदस्य तर्फ ५७ जनाको उम्मेदवार रहेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार