सेयर बजार नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौँ – सेयर बजार परिसूचक नेप्सेमा ११ अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचकमा ११.३६ अंकले बढ्दै १८६६.५२ अंकमा उक्लिएको हो ।

नेप्सेका अनुसार आज नेप्से सूचक ११ अंक माथिले बढे पनि कारोबार रकममा भने खासै सुधार आउन सकेको छैन ।

यसदिन पनि कुल २० लाख ८५ हजार २८४ कित्ता सेयर किनबेच हुँदै ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिन १६ अंकले घटेको बजारमा ५५ करोडको कारोबार भएको थियो ।

आज ट्रेडिङ र म्युचुअल फन्ड बाहेकका अन्य सबै उपसूचक धनात्मक भएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार