भीम रावलले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ – एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन् । पार्टीले आफुलाई उम्मेदवार नबनाएपछि उठेका जिज्ञासा सम्बोधन गर्न रावलले बिहीबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको बताए ।

‘आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा मेरो नाम अछाम जिल्ला, प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका नेकपा (एमाले) का वडा, पालिका र निर्वाचन क्षेत्र समन्वय कमिटी तथा अछाम जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीबाट सर्वसम्मतिले एकमात्र उम्मेदवारको रुपमा सिफारिश भएको तर केन्द्रबाट हटाई सिफारिश नै नभएको व्यक्तिलाई उम्मेदवार बनाइएको सम्बन्धमा उठेका विभिन्न जिज्ञासा, सरोकार र टिका टिप्पणीका सन्दर्भमा पत्रकार भेटघाट राखेको छु’ रावलको भनाइ छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार