चितवन ३ मा एमालेको साथ कांग्रेसका बागीलाई

चितवन – चितवन क्षेत्र नं ३ मा नेकपा एमालेले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको छ । एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गरेको हो ।

उक्त क्षेत्रमा एमालेले स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिनेश कोइरालालाई समर्थन गरेको छ ।चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ ।

चितवन ३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार