आङ सान सूचीको सजाय थप ३ वर्ष लम्बियो

काठमाडौँ — म्यानमारको अदालतले प्रजातन्त्रवादी नेता आङ सान सूचीमाथि थप दुई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जेल अवधि लम्ब्याएको छ ।

सैनिक शासनको प्रमुख विरोध गर्दै आएकी नेता एवं नोबेल शान्ति पुरस्कार विजेता सुचीमाथि चुनावमा धाँधली गरेको, भ्रष्टाचार लगायत १८ वटा अभियोग लगाइएको छ ।

हाल कारागारमा रहेकी सूचीलाई अदालतले तीन वर्षको जेल अवधि थपिदिएको छ । जसअनुसार उनीमाथि जम्मा २६ वर्षको जेल सजाय तोकिएको छ।

पछिल्लो पटक सूचीमाथि लागूऔषध तस्करीको आरोपमा वर्षौंअघि दोषी ठहरिएका माउङ वेइकबाट ५५०,००० अमेरिकी डलर घुस लिएको आरोप लगाइएको थियो।

यद्यपि अधिकारकर्मी र विश्लेषकहरूले सूचीमाथिको मुद्दा राजनीतिक रुपमा पूर्वाग्रही रहेको भन्दै खारेज हुनुपर्ने माग गर्दै आएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार