हिमालयन रिइन्सुरेन्सको साधारण सभा कात्तिक ४ गते

हिमालयन रिइन्सुरेन्सले कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज ३ गते बसेको संञ्चालक समिति बैठकले सभा गर्ने निर्णय गरेको हो । साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा होटल अलफ्ट, ठमेल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार